दफा ३९
तत्काल जरिबाना गर्न सक्ने
(१) दफा ३८ मा जुनसुकै कुरा लेखिएको भए तापनि बजार अनुगमन, निरीक्षण, जाँचबुझ वा खानतलासीको क्रममा तत्काल प्राप्त प्रमाणबाट वस्तुको उत्पादक, ढुवानीकर्ता, सञ्चयकर्ता, पैठारीकर्ता, बिक्रेता वा सेवा प्रदायकले देहायको कुनै कसुर गरेको देखिएमा निजलाई निरीक्षण अधिकृतले तत्काल देहाय बमोजिम जरिबाना गर्न सक्नेछः-
(क) दफा ३द को खण्ड (घ) बमोजिमको कसुर गरे वा गराएमा पाँच हजारदेखि बीस हजार रुपैयाँसम्म,
(ख) दफा ३द को खण्ड (ङ) बमोजिमको कसुर गरे वा गराएमा दुई लाखदेखि तीन लाख रुपैयाँसम्म,
(ग) दफा ३द को खण्ड (ज) बमोजिमको कसुर गरे वा गराएमा पचास हजारदेखि एक लाख रुपैयाँसम्म,
(घ) दफा इद को खण्ड (ट) बमोजिमको कसुर गरे वा गराएमा पचास हजारदेखि एक लाख रुपैयाँसम्म,
(ङ) दफा ३द को खण्ड (ड) बमोजिमको कसुर गरेमा बीस हजार रुपैयाँसम्म ।
(२) उपदफा (१) बमोजिमको कसुर पटकपटक गरेमा पटकै पिच्छे दोब्बर जरिबाना हुनेछ।
(३) निरीक्षण अधिकृतले यस दफा बमोजिम तत्काल जरिबाना गर्नु पर्ने कारण र जरिबाना गरेको रकम लगायतका सम्पूर्ण विवरण खुलाई तीन दिनभित्र विभागलाई जानकारी गराउनु पर्नेछ ।
(४) उपदफा (१) बमोजिम तत्काल जरिबाना गर्ने गरी निर्णय भएको मितिले सात दिनभित्र सो जरिबाना नतिर्ने, नबुझाउने त्यस्तो वस्तुको उत्पादक, ढुवानीकर्ता, सञ्चयकर्ता, पैठारीकर्ता वा बिक्रेता विरुद्ध निरीक्षण अधिकृतले देहायको कार्य गर्न सक्नेछ:-
(क) जरिबाना भएको रकम नतिरे, नबुझाएसम्म त्यस्तो वस्तु सिलबन्दी गरी राख्ने,
(ख) जरिबाना भएको रकम नतिरे, नबुझाएसम्म त्यस्तो वस्तुको उत्पादक, ढुवानीकर्ता, सञ्चयकर्ता, पैठारीकर्ता वा बिक्रेताले उत्पादन, ढुवानी, सञ्चय, पैठारी वा बिक्री गर्ने अन्य वस्तु समेत रोक्रा राख्ने।
(५) यस दफा बमोजिम निरीक्षण अधिकृतले गरेको कार्य उपर चित्त नबुझेमा विभागको महानिर्देशक समक्ष पुनरावलोकनको लागि सात दिनभित्र निवेदन गर्न सक्नेछ।
(६) उपदफा (५) बमोजिम निरीक्षण अधिकृतले गरेको निर्णयको विरुद्ध पुनरावलोकनको लागि परेको निवेदन उपर विभागको महानिर्देशकले जे जो बुझ्नु पर्ने बुझी एक्काईस दिनभित्र सो सम्बन्धमा निर्णय गरिसक्नु पर्नेछ।
(७) पुनरावलोकनको लागि निवेदन गर्दा निरीक्षण अधिकृतले गरेको जरिबानाको पचास प्रतिशत नगदै धरौटी दाखिला गर्नु पर्नेछ।
(द) पुनरावलोकनको लागि परेको निवेदन उपर विभागको महानिर्देशकले गरेको निर्णय अन्तिम हुनेछ।
(९) निरीक्षण अधिकृतले तत्काल जरिबाना गर्ने सम्बन्धमा अपनाउनु पर्ने अन्य कार्यविधि तोकिए बमोजिम हुनेछ।